जनता टाइम्स

८ आश्विन २०७९, शनिबार १६:२२

डीभी परेर अमेरिका उडन तयार ९ जना पक्राउ


काठमाडौं, असोज ८ । अमेरिकाको डीभी परेका ९ जना पक्राउ परेका छन्। उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका-६ घर भई झापा दमक नगरपालिका-५ बस्ने २५ वर्षीय समिर राई, स्याङजा चापाकोट गाउँपालिका २ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, कास्की पोखरा महानगरपालिका-१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन्।

त्यस्तै झापा मेचीनगर नगरपालिका-६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका-१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका-५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका-८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठ रहेका छन्।

नेपालस्थित अमेरिकन दूतावासमा ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले भिसा प्रयोजनको लागि १०+२ को नक्कली एकेडेमिक ट्रान्सकिप्ट बनाई पेस गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

प्रहरीले अमेरिकी दूतावाससँगको समन्वयमा नक्कली एकेडेमिक ट्रान्सकिप्टसहित शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न दिनेश र सूर्य बहादुरलाई इलाका प्रहरी कार्यालय दमक झापा र इलाका प्रहरी कार्यालय अनारमनी झापाको समन्वयमा पक्राउ गरेको हो। उनीहरुलाई लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।