जनता टाइम्स

८ आश्विन २०७९, शनिबार १६:५९

एमालेमय बन्यो मधेश प्रदेश : लोसपाका बरिष्ठ नेता अरगरियासहित ठूलो संख्यामा गरे पार्टी प्रवेश


जनकपुर, असोज ८ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बरिष्ठ नेता उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आज आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेता अगरिया आफ्ना समर्थकसहित एमाले प्रवेश गर्नुभएको हो ।

अगरियालाइृ एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सचिव तथा मधेश प्रदेश इञ्चार्ज रघुबीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साहसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो। अगरिया प्रतिनिधि सभाका निवर्तमान सदस्य एवं लोसपा सचेतक पनि हुनुहुन्थ्यो । उहाँसँगै ठूलो संख्यामा एमाले प्रवेश भएको हो ।