जनता टाइम्स

८ आश्विन २०७९, शनिबार १८:४७

निर्वाचनमा मिलेर देश लुटेर बाँढीचुडी खाने गठबन्धनलाई धुलो चटाउनु पर्छ : बिष्णु पौडेल


बुटवल, असोज ८। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी चुनावमा एमालेले अत्याधिक बहुमत ल्याउने ठोकुवा गर्नुभएको छ । जनताको अदालतमा जान आँट नभकाहरुले सर्बोच्चमा मुद्दा हालेर देशलाई धरासायी बनाएर ठगबन्धनको काममा लागेको भन्दै पौडेलले अव भने जनताले बास्तविक देशलाई मायाँ गर्ने पार्टी चिनेको बताउनु भयो ।

नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ कमिटिको आयोजानमा बुटवलमा भएको विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा लाई संवोधन गर्दै उपाध्यक्ष पौडेलले अहिलेको गठबन्धन सरकारले आर्थिक वृद्धिदर सकारात्मक बनाउनको लागि ठोस पहल गर्न नसकेको तथ्य पनि राख्नुभयो ।

उहाँले अहिलेको गठबन्धन सरकारले जनताको पक्षमा कुनै पनि सकारात्मक काम गर्न नसककको बताउनु भयो । उपाध्यक्ष पौडेलले आगामी निर्वाचन समाजवाद, समृद्धितर्फ लैजाने कि अधोगतितर्फ लैजाने भन्ने कुराको फैसला गर्ने दिन भएको बताउनु भयो । “आगामी निर्वाचन समाजवाद, समृद्धितर्फ लैजाने कि अधोगतितर्फ लैजाने भन्ने कुराको फैसला गर्ने दिन हो, जनताको पक्षमा काम गर्ने प्रतिवद्ध पार्टी नै नेकपा एमाले हो,’ पौडेलले भन्नुभयो, ‘निर्वाचनमा मिलेर देश लुट्ने र बाँढीचुडी खाने गठबन्धनलाई धुलो चटाउनु पर्छ ।’

अहिलेको गठबन्धन नेकपा एमालेलाई एक्लै प्रतिपर्धा गर्न नसकेकपछि गरिएको भन्दै उहाँले देशकै सबैभन्दा बलियो पार्टी नै नेकपा एमाले नै हो भन्दै सरकारमा नै बसेर चुनाव लड्न नसकेपछि ठगबन्धन गरिएको बताउनु भयो । गठबन्धनको सिद्धान्त मिलेर देश लुट्ने र बाँढेर खाने योजनामा रहेको भन्दै उहाँले गठबन्धनमा कुनै पनि एजेन्डा नभएको बताउनु भयो । उहाँले घोषाणा पत्र तथा भावी प्रधानमन्त्रीको समेत निर्क्यौल गर्न नसक्ने, भ्रम मात्रै छर्ने गठबन्धन भएको दृष्टान्त पनि राख्नुभयो ।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले आगामी निर्वाचनमा एमालेको बहुमत ल्याउने ठोकुवा गर्नुभयो । यो चुनावमा शत्ता गठबन्धन का विरुद्धमा एमालेको जनलहर सुरुवात भएको भन्दै सोही अनुसारको तयारीमा पार्टि रहेको उहाँले जानकारी दिनुभयो । पार्टिको विचार, दृष्टिकोण, अभियानमा टोल टोलमा गएर संगठन विस्तारमम लाग्न समेत उहाँले आग्रह गर्नुभयो । चुनावमा जनताको भरोसाको केन्द्र नै नेकपा एमाले रहेको भन्दै उहाँले कार्यकर्तालाई जनताको पक्षमा खरो रुपमा लाग्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा बुटवल उपमहानगर पालिका उपप्रमुख सावित्रा अर्यालले देश विकासको प्रमुख मेरुदण्ड नै नेकपा एमाले भएको बताउदै आगामी चुनावमा बहुमतको साथ जिताउनु पर्ने बताउनु भयो । अहिले देश मात्रै होईन विदेश बाट समेत प्रतिक्रियावादी शक्ति लागिपरेको भन्दै यस्लाई परास्त गर्न सबै लाग्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा एमाले नेताहरु रामप्रसाद खरेल, बाबुराम भट्टराई, तेजेन्द्र केसी, राजकुमार भट्टराई, थानेश्वर आचार्य लगायतका नेताहरुले देशका लागि एमालेलाई जिताउनु पर्ने बताउनु भएको थियो ।