जनता टाइम्स

९ आश्विन २०७९, आईतवार १४:५२

महाअभियोग निश्कृय भइसक्दा पनि प्रधानन्यायाधीशलाई नजरबन्दमा राखेर सरकारले आपत्तिजनक काम गर्यो : शेखर कोइराला


मोरङ, असोज ९। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै प्रधानन्यायाधीशबिरुद्धको महाअभियोग निश्कृया भइसकेको बताउनु भएको छ ।

गृहजिल्ला मोरङमा आउनु भएका कोइरालाले महाअभियोग निश्कृय भइसकेको अवस्थामा सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखेर गम्भीर गल्ती गरेको निश्कर्ष पनि सुनाउनु भएको छ ।

आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै महाअभियोग निष्क्रिय भएपछि अदालत हाजिर हुन लागेका प्रधानन्यायाधीश राणालाई सरकारले नजरबन्दमा राखेर मानव अधिकारको समेत गम्भीर उल्लंघन गरेको बताउनु भयो ।

‘महाअभियोग लगाउने संसदको अवधि सकिएको छ । जो सांसदले महाअभियोग लगाए उनीहरू छैनन् र अब उनीहरू जितेर आउँछन् भन्ने पनि छैन । त्यहीकारण महाअभियोग स्वतः निष्क्रिय भइसकेको छ,’ कोइरालाले भन्नुभयो, ‘औचित्यहीन भइसकेको महाअभियोग अर्को संसदमा जान्छ भन्नु गलत हो । सरकारले राणालाई नजरबन्द गरेर राख्नु आपत्तिजनक छ ।’