काठमाडौं, १० असोज । सत्तारुढ दल नेपाली काँग्रेसभित्रको विवाद झन झन चुलिदैं गएको छ । प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले टिकटमा एकलौटी गर्न लागेकोभन्दै शेखर कोइराला समूले आन्दोलनको घोषणा गरेको छ ।
समानुपातिकको बन्द सूचिमा एकलौटी गरेको र प्रतक्ष्यतर्फ पनि यस्तै स्थिति हुने भएकाले आन्दोलनको घोषणा गरेको हो । केही दिनअघि शेखर समूहको भेलाले संस्थापन पक्षलाई दवाव दिन परिआए बमोजिमको कदम चाल्ने निर्णय गरेको थियो ।
घोषित आन्दोलनका कार्यक्रमअनुसार समानुपातिकको बन्द सूचिको नामहरू सच्याउन असोज १२ गते मध्यान्ह १२ वजे एक घण्टा पार्टी कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम रहेको छ । १३ गते शेखर समूहबाटै निर्वाचन जितेर पदाधिकारी भएकाहरूसँग अनुपम फूडल्याण्डमा छलफल कार्यक्रम राखिएको छ ।
संघीय र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्दा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै इतर समूहका दोस्रो तहका नेताहरु दबाबमुलक कार्यक्रम गर्दै आएका छन्।
उनीहरुले १४ गतेसम्म पनि माग सुनुवाइ नभए कठोर निर्णय लिनेसमेत चेतावनी दिएका छन्। यद्यपि, उक्त कठोर निर्णयबारे केही खुलाइएको छैन।













प्रतिक्रिया दिनुहोस्