जनता टाइम्स

१० आश्विन २०७९, सोमबार १६:१५

‘सहारा’ टेलिसिरियल बनाउँदै प्रज्ञा जोशी


काठमाडौं, १० असोज । प्रज्ञा जोशीको लगानीमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियल सहाराको शुभमुहूर्तसँगै छायांकनसमेत थालिएको छ ।

सिरियलको लेखन तथा निर्देशनको जिम्मेवारी सरोज दाहालले सम्हालेका छन् । ‘सहारा’ एउटा पारिवारिक तथा सामाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन् । एउटी विधवा अपांगता भएपछि समाजमा भोग्नुपर्ने मानसिक र शारीरिक पीडा र सहाराको कथा बुनिएकको निर्देशक दाहालले बताए ।

टेलिसिरियलमा निर्मात्री प्रज्ञा जोशीका अलावा आजे सिंह, सरोज दाहाल, पूर्णिमा जिएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी र बालकलाकार प्रिंयका दाहालको अभिनय हुनेछ ।

प्रज्ञा फिल्मसको प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायांकन तथा सम्पादन र प्रिया नगरकोटीको शृंगार रहने छ ।