जनता टाइम्स

१० आश्विन २०७९, सोमबार १६:३७

नेकपा एसका केन्द्रीय सदस्यसहित विभिन्न पार्टीका सयौं नेता एमाले प्रवेश (फोटोफिचर)


झापा, असोज १० । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवं सशस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्कीसहित विभिन्न पार्टीका सयौं नेता–कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा आज आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा कार्की एमालेमा प्रवेश गर्नुभएको हो । कार्यक्रममा कार्कीसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत पार्टीबाट ७ सय बढी नेता–कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ ।

उहाँहरुलार्ए एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो । अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको जीतबाट मात्रै मुलुकको उन्नती हुने भएकोले भ्रममा नपर्न सवैलाई आह्वान गर्नुभयो ।