जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार १६:५०

काँग्रेसभित्रको विवाद उत्कर्षमा, प्रवक्ताले दिए शेखर समूहलाई यस्तो चेतावनी


काठमाडौं, ११ असोज । नेपाली काँग्रेसमा टिकटको विषयको विवाद उत्कर्षमा पुगेको छ । भोली(बुधबार) देखि चरणवद्ध आन्दोलनको घोषणा गरेको शेखर कोइराला समूहलाई मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर काँग्रेस प्रवक्ता प्रकाशशरण महतले चेतावनी दिनुभएको छ ।

शेखरसमूहले समानुपातिकको बन्द सूचि सच्याउन माग गर्दै बुधबार पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार धर्नापछि बिहीबार संस्थापन इतरका प्रमुख नेताहरूबीच अनुपम फूडल्याण्डमा छलफल कार्यक्रम राखिएको छ । यसैलाई दृष्टिगत गर्दै प्रवक्ता महतले शेखर समूहको उक्त गतिविधि अनुसाशनको दायरामा आउन सक्ने बताउनु भएको हो ।

प्रवक्ता महतले इतर समूहको गतिविधि पार्टीले नजिकबाट नियालीरहेको बताउँदै अनुसाशनको दायरामा आउने बताउनुभएको हो । उहाँले भन्नसभयो ‘एकपक्षीय रूपमा बन्दसूचीमा नाम सिफारिस गरियो भनियो, यसमा कुनै सत्यता छैन । निर्णय आमसहमति, पदाधिकारी पूर्वपदाधिकारीलगायत प्रदेश सभापति, अग्रणी नेता सामेल भएर सर्वसम्मत पेस भएको छ,’ मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले भन्नुभयो, ‘त्रुटि छ, तर पक्षपात भएको छैन । छलफल भएन भन्ने कुनै सत्यता छैन । अहिले यो कुराले १० प्रतिशत र यस्तो गर्छौँ, उस्तो गर्छौँ भन्ने कुरा वाञ्छनीय होइन ।’

उता शेखर समूहको भने छुट्टै तयारी रहेको बुझिाएको छ । सो समूहमा सम्भावित तीन विकल्पमा छलफल घनिभूत चलेको बताइएको छ । पहिलो संस्थापन पक्षले जति सिट दिन्छ त्यसमा चित्त बुझाउने, दोश्रो – अन्यायपूर्ण टिकट वितरणको विरोधस्वरुप पाउनेले टिकेट फिर्ता गरेर रुख चिन्हमा भोट हाल्न आह्वान गर्ने, तेश्रो – देशव्यापी वागी उम्मेदवार उठाएर एमालेसँग तालमेल गर्ने ।