जनता टाइम्स

१२ आश्विन २०७९, बुधबार ११:०८

बाल्टिमोरमा बानाको पाँचौ नेपाली सडक महोत्सव भव्यताको साथ सम्पन्न ( फोटोफिचर)


काठमाडौँ, १२ असोज । अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)को आयोजनामा गरिएको नेपाली सडक महोत्सव अत्यन्तै सफलताको साथ सम्पन्न भएको छ ।

नेपालीहरुको महान चाड दशैँ तथा आउदै गरेको तिहारको शुभ साईतको अवसरमा सम्पन्न भएको पाँचौ सडक महोत्सव बिबिध कार्यक्रमको साथ समापन भएको छ कोरोना महामारीको कारण दुई बर्ष सम्म स्थगित रहेको सडक महोत्सवले सबै नेपाली समुदायलाई समेटेको छ। त्यहाँ रहेका विभिन्न संघ/संस्थाले साथ दिएका थिए भने यस पटक अझ बाल्टिमोर काउन्टीको सक्रिय भूमिका रहेको थियो ।

सेवामा निस्वार्थ आफ्नो समय खर्चिने र सामाजिक सेवामा समर्पित बानाका पदाधिकारीहरु ,कलाकार, सामाजिक अभियन्ताहरुलाई पनि काउन्टीका पदाधिकारीहरुले सम्मान गरेका थिए ।

हरेक बर्ष नेपालीहरुको मुख्य चाड पर्व आफूले मात्र मनाउने गरेको तर हाम्रा संस्कृतिलाई अन्य समुदाय तथा संस्कृति बोकेका समुदायलाई समेत जानकारी गराउने उदेश्यले सडक महोत्सवको आयोजना गरिएको बानाक अध्यक्ष सुबोध पन्तले जानकारी दिनुभयो ।

नेपालीको पहिचानलाई कायम गर्ने समेत मुख्य ध्येयले सडक उत्सब गरिएको जानकारी बानाका पूर्व अध्यक्ष कुलमणि आचार्यले भन्नुभयो । महोत्सवमा नेपाली खानाको प्रदर्शन ,झाकी ,बिभिन्न जातजातिले आफ्नो भेष भूषा तथा पुरुषहरुले नेपाली दौरा सुरुवाल र केही महिलाहरुले हाकु पटासी समेत लगाएर आएका थिए । कार्यक्रममा झाकी प्रदर्शनको साथै नेपालका मौलिक सांस्कृतिक नृत्य ,लाखे नृत्य तथा अन्य बिशेष नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा झाकी ,औपचारिक कार्यक्रम ,सांस्कृतिक कार्यक्रम तथा सडकमा नेपाली खाना तथा हस्तकलाका सामाग्रीहरु सजाएर राखिएका थिए िनेपाली समुदाय तथा बिदेशीहरुले पनि बढो अभिरुचि पूर्वक सहभागिता भएको देखिन्थ्यो । कार्यक्रममा मेरिल्याण्डका सांसद डा ह्यारी भण्डारीको पनि उपस्थिति रहेको थियो ।महोत्सवको सभापतित्व सुबोध विलास पन्तले गर्नुको साथै स्वागत मन्तब्य राख्नुभएको थियो ।  कार्यक्रम संचालन महासचिव सागर घिमिरेले गरेका गर्नुभएका थियो ।

औपचारिक कार्यक्रममा कार्यक्रममा नेपाली राजराजदुतबासका आर्थिक सल्लाहकार होमकान्त भण्डारी,महा बाणिज्य दुत प्रेम राजा महत ,बिदेशी अतिथि ,एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थ ,डा श्याम कार्की ,सामाजिक अभियन्ता प्रभु थापा,बानाकि पूर्व अध्यक्ष अनु वन्त श्रेष्ठ,मिस नेपाल नर्थ अमेरिकाका बिजेता प्रतियुशा बोहरा लगायत केहि अन्य नेपाली समुदायका केहि व्यक्तिहरुले शुभकामना दिनुको साथै मन्तब्य राख्नुभएको थियो ।

सडक महोत्सवमा मिस नेपाल नर्थ अमेरिकाकि द्वितीय बिजेता दिव्या पन्तको पनि उपस्थिति रहेको थियो । महोत्सवलाई भब्य र सफल बनाउनका लागि बाल्टिमोर क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरुको सक्रिय सहभागिता रहेको थियो । यसै गरि एभरेष्ट वर्ड क्लास तेक्वान्दोका बिधार्थीहरुले तेक्वान्दो प्रदर्शन गरेका थिए ।

 

बाल्टिमोर काउन्टीले अहोरात्र खट्ने र सामाजिक