कतार, असोज २ । प्रवासी नेपाली मञ्च (ओएनएफ) मध्यपर्व महादेशको अध्यक्षमा बाबुराम सापकोटा निर्वाचित हुनुभएको छ ।
यही सेप्टेम्बर ११ तारिक सम्पन्न ओएनएफ मध्यपूर्व महादेशीय कमिटीको प्रथम अधिवेशनले सापकोटाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनको उदघाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले भर्चुअल माध्यमबाट गर्नुभएको थियो ।
अधिवेशनले उपाध्यक्षमा गीता सुवेदी, सचिवमा राजु खनाल र दुई जना उपसचिवमा मेनुका खतिवडा र महेशप्रसाद न्यौपानेलाई चयन गरेको छ ।
यसैगरी अधिवेशनले सदस्यहरुमा बिजयबिक्रम बस्नेत, शोभाखर भुसाल, शेख हश नवाज,गोपाल बस्नेत, अच्युत तिम्सिना र ऋषि भट्टराईलाई चयन गरेको छ ।
यस्तै कृष्णप्रसाद आचार्य, गोकुल कुईंकेल, चन्द्र गुरुङ, धर्मप्रसाद बराल, नानुराज बराल, रामकुमार आचार्य (रञ्जीत), राजुप्रसाद भट्टराई, बिष्णुलाल श्रेष्ठ, शिवजंग गुरुङ र यम लामा बम्जन पनि सदस्यमा चयन हुनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्