जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार १०:४१

देउवाको अत्याचारबिरुद्ध वारपारको लडाईमा शेखर समुह


काठमाडौं, असोज १३ । सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्रमा भागवण्डा मिलेको खबर आइरहँदा काँग्रेसका शेखर कोइराला समुहले गुट भेलालाई तिव्रता दिएको छ ।

गठबन्धनमा सिटबाँडफाँडको विरुद्धमा हिजो पार्टी कार्यलयमा धर्ना बसेको यो समुहले आज विहानै अलग्गै शुभकामना कार्यक्रम राखेको छ । बत्तसपुतलीको एक होटलमा आयोजना गरिएको कार्यक्रममा कोइराला,उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा,चन्द्र भण्डारी,धनराज गुरुङ लगयातका नेताहरु सहभागी हुनुभएको छ ।

यो समुहले अहिले प्रचण्डलाई गालि गरेर सभापति शेरबहादुर देउवालाई थर्काउने रणनीति लिएको छ । देउवाले माओवादीसँग मिलेर शेखर समुहलाई सून्यमा पर्याउने रणनीति लिएपछि केही दिनदेखि शेखर समुह खुलेरै मैदानमा उत्रिएको छ ।