जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार १२:३९

गायिका राईको डेंगुबाट मृत्यु


खोटाङ, १३ असोज । खोटाङकी उदीयमान गायिका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना हुनुभएको गायिका राईको उपचारका क्रममा बुधबार निधन भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । लाइभ भिडियोमार्फत निको हुनक प्रार्थना गरिदिन आग्रह गर्नुभएको केही घन्टापछि सुष्मिताको निधन भएको हो । उहाँको निधनपछि नौ महिनाको बच्चाको बिचल्ली भएको छ ।

जन्मेको ६ वर्षमै दृष्टि गुमाएकी गायिका राई खोटाङबाट काठमाडौं पुगेर सांगीतिक क्षेत्रमा भविष्य बनाउन संघर्षरत हुनुहुन्थ्यो । छोटो समयमै दर्शक स्रोताको मन जित्न सफल गायिका राईले राजेशपायल राईलगायतसँग गीत गाइसक्नु भएको थियो । सुष्मिताले लोकप्रिय गायिका अन्जु पन्तको समेत मन जित्नुभएको थियो । सांगीतिक क्षेत्रमा जिल्लामै संघर्ष गर्नुभएकी उहाँ एसइई उत्तीर्णपछि काठमाडौं पुग्नुभएको थियो ।