जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार १४:०१

देउवा-प्रचण्ड-माधवप्रति किन यति धेरै आक्रोशित बने गोकुल बाँस्कोटा ?


काठमाडौं, असोज १३ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारको कार्यशैलीलाई लिएर कडा आक्रोश पोख्नुका साथै प्रधानमन्त्रीलाई कडा ब्यंग्य गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताउँदै बाँस्कोटाले ब्यंग्य गर्नुभएको हो ।

बाँसकोटाले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गर्नुभएको छ ।

उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’

नेता बास्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको पनि बताउनु भएको छ । ‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बास्कोटाले भन्नुभएको छ ।