जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार १६:०७

डोल्पामा रित्तियो नेकपा एस : जिल्ला अध्यक्षसहित सवै नेता-कार्यकर्ता एमालेमा प्रवेश (सूचीसहित)


काठमाडौं, असोज १४ नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्व पर्यटनमन्त्री नन्द सिंहबुढा नेकपा (एमाले) मा फर्कनुभएको

उहाँसँगै जिल्ला कमिटीका ४० भन्दा बढी सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू नगर गाउँपालिका कमिटीका सदस्यहरू गरी ६० भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालयमा उहाँहरूलाई खादा अवीर लगाई पार्टीमा स्वागतगर्नुभयो

पार्टी प्रवेश गर्नेहरूमा जिल्ला कमिटी सदस्यहरू मायादेवी बुढा, हर्कबहादुर रोकाय, दलबहादुर थापा, देवी रोकाय, जयकृष्ण बुढा, ओमबहादुर विटालु, सुका विक, ओमेन्द्र केसी, कल्पना बुढा, अन्जु महतारा शाही, रूपा गुरूङ, कृष्णदत्त न्यौपाने, धनराम बुढाथोकी, चैता भण्डारी, कमल बहादुर रोकाय, गोविन्द बुढा, शशी बोहोरा बागबहादुर बुढा, केशर रोकाय, दलबहादुर रोकाय, पञ्च रोकाय, भीमबहादुर धरला, आनन्दसिंह रावल, प्रचण्डविक्रम शाही, गोपालबहादुर शाही, तिलकजंग शाही, काले सार्की, हरिशरण खत्री, मनरूपादर्जी, कैलाशी थापा, रणवीर दमाईं, काले महत, वीरलाल कार्की, कमल बुढा, लक्ष्मी कार्की, बौद्धसिंह कठायत, चन्द्रराम बोहरा, लक्ष्मीगुरूङ, हिराचन्द्र धरला, बालचन्द्र कामी मानदत्त न्यौपाने हुनुहुन्छ  

त्यसैगरी, प्रदेश कमिटी सदस्यहरू धर्मलाल बुढा, काली बुढा, अमराम बुढा, देवीबहादुर बुढाथोकी, राष्ट्रिय परिषद् सदस्य देवीलालरोकाय बलबहादुर रोकाय पनि एमालेमा प्रवेश गर्नुभएको  

त्यस्तै पालिका कमिटीका सदस्य ज्ञानेन्द्र विक्रम शाही, मेनुका भण्डारी, रामप्रसाद बुढा, युवा संघका जिल्ला अध्यक्ष हिक्मत बुढा, उपाध्यक्ष दिनेश बुढा, नगर कमिटी अध्यक्ष हरिचन्द्र डाँगी, युवा संघका प्रदेश सदस्य नेत्र बुढा, नरेन्द्र भण्डारी, कर्णसिंह बुढा, आनन्दबहादुर रोकाय, कमल बुढा, सिर्जना बुढा दीपलाल रोकाय पनि एमालेमा प्रवेश गर्नुभयो  

उहाँहरू सबैलाई पार्टीमा स्वागत गर्दै महासचिव पोखरेलले गत स्थानीय निर्वाचनले नेपालको मुख्य पार्टी कुन हो भन्ने कुराको निक्र्यौलगरिदिएकाले कोही पनि अन्य पार्टीमा अल्मलिनु नपर्ने वताउनुभयो महासचिव पोखरेलले बामपन्थी आन्दोलनको मुख्य शक्ति पनिएमाले नै भएकाले बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि सबै कम्युनिष्ट कार्यकर्ता एमालेमा समाहित हुनुपर्छ भन्नुभयो

नेकपा (एमाले) मुलुकको सबैभन्दा ठूलो पार्टी भएर पनि हाम्रो पार्टीलाई षडयन्त्रपूर्वक सरकारबाट बाहिर राख्ने काम भएको योषडयन्त्रलाई आगामी निर्वाचनबाट पराजित गरी एमाले सरकार गठन गर्ने गरी विजय प्राप्त गर्नुपर्ने उहाँको भनाई थियो