जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार १८:५९

बलात्कारपछि यौनाङ्गमा घोचो पसाएर रगताम्मे पारेपछि . . .


एजेन्सी, १३ असोज । सिलमपुर क्षेत्रका तीन किशोरले मित्रताको सम्बन्धलाई लज्जित बनाएका छन् । तीन नाबालिगले आफ्नो एक आफ्नै साथी नावालिकामाथि सामूहिक बलात्कार गरेका छन् । यति मात्र होइन, दुष्कर्मपछि उनको गुप्तांगमा घोचो पसाएर रगताम्मे पारेका छन् ।

विरोध गर्दा पीडितलाई नराम्ररी कुटपिट गरी उनीहरू भागेका थिए । परिवारले पीडितलाई गम्भीर अवस्थामा प्रवेश चन्द अस्पतालमा भर्ना गरेका छन्, जहाँबाट उनलाई लोकनायक अस्पतालमा रिफर गरिएको छ।

घटना सेप्टेम्बर १८ को हो, मेडिकलको आधारमा सीलमपुर पुलिस स्टेशनले २४ सेप्टेम्बरमा सामूहित बलात्कार र पोक्सोको धारा अन्तर्गत एफआईआर दर्ता गरेको छ। प्रहरीले दुई जना अभियुक्तलाई पक्राउ गरेको छ, जसमध्ये एक पीडितका साथी र एक टाढाका नातेदार छन् ।

फरार अभियुक्तको खोजीमा प्रहरीले छापा मारिरहेको छ ।

घरबाटै बोलाएर लगियो
पीडित परिवार सिलमपुर क्षेत्रको बस्तीमा बस्छन् । परिवारमा आमाबाबु र अन्य सदस्यहरू पनि छन् । पीडित बालिका क्षेत्रको विद्यालयमा कक्षा ६ मा पढ्छिन् । पीडित गत सेप्टेम्बर १८ मा घरमा थिइन्, तब उनका तीनजना साथी आएर उनलाई लिएर बोलाएर लगे । सुनसान ठाउँमा लगेर सामूहिक बलात्कार गरे ।

दुष्कर्म पछि घोचो पसाइ दिए
दुष्कर्मपछि आरोपीले पीडितको यौनाङ्गमा बार हानेको परिवारको भनाइ छ । पीडितले प्रतिकार गर्न खोज्दा इँटाले प्रहार गरेको थिए । पीडितलाई रगताम्मे पारेर अभियुक्त घटनास्थलबाट फरार भएका थिए ।

परिवारले पीडितलाई गम्भीर अवस्थामा जग प्रवेश चन्द अस्पतालमा भर्ना गरे, जहाँबाट उनलाई लोक नायक रेफर गरिएको थियो ।

परिवारले बयान दिन मानेनन्
यस सम्बन्धमा प्रहरीले अस्पतालबाटै घटनाको जानकारी पाएको प्रहरीको भनाइ छ, सूचना पाएलगत्तै प्रहरी पीडितको बयान लिन प्रहरी चौकी गएका थिए । परिवारले बयान दिन अस्वीकार गरेपछि प्रहरीले पीडित बालिका र उनका आमाबुवालाई काउन्सिलिङ गरेको बताइएको छ । त्यसपछि प्रहरीले एफआईआर दर्ता गरेको थियो ।

महिला आयोगले प्रहरी चौकीलाई नोटिस जारी
यस मामिलामा दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले सीलमपुर पुलिस स्टेशनलाई नोटिस जारी गरी सेप्टेम्बर २८ सम्ममा रिपोर्ट पठाउन भनेकि छन् । मालीवालले यो निकै डरलाग्दो घटना भएको बताइन् । आयोगको टोली निरन्तर परिवारसँग उपस्थित भई सहयोग गरिरहेको छ ।

दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्नु पर्ने स्थानीयको माग छ ।