जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार १३:३६

नापी कार्यालयका सर्वेक्षक र लेखापढी ब्यवसायी घुससहित पक्राउ


सुनसरी, साउन १५

नापी कार्यालय ईनरूवा सुनसरीका सर्वेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार घुस रकम सहित नियन्त्रणमा परेका छन् । सर्वेक्षक महतो र लेखापढी व्यवसायी पोदारले जग्गाको नक्सा सुदार गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।

दुबै जनाले सेवाग्राहीसँग रु ११ हजार घुस वापतको रकम लिइसकेको र उक्त घुस रकमसहित ईनरूवा नगरपालिका ३ मा रहेको व्यवसायी पोदारको लेखापढी गर्ने घुम्ती अगाडीबाटै मंगलबार रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले निकालेको प्रेस विज्ञप्तिमा जनाइएको छ । ।