जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार १८:३५

केपी ओली सप्तरी पुग्दा जे देखियो


सप्तरी, असोज १५ । पाँच बर्षअघि मधेसका जनतामा रहेको नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रतिको आक्रोश अहिले अपार प्रेममा परिणात भएको छ ।

पाँच बर्षअघि पूर्व–पश्चिम अभियानका क्रममा आफैमाथि आक्रमण भएको सप्तरीको मलेठमा आज एमाले अध्यक्ष केपी शर्मा ओली पुग्दा देखिएको ऐतिहासिक सहभागिताले यो तथ्यलाई बाहिर ल्याएको हो ।

आजको बिशाल उपस्थितिले भनिरहेको छ, ‘मधेसी जनताको मन फेरियो, केपी ओलीप्रति अपार प्रेम देखियो ।’
मधेसको उपस्थिति देखेर एमाले केन्द्रीय प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले लेख्नुभएको छ, मधेशमा एमालेको बढ्दो लहर !
केपी ओलीलाई सुन्ने रहर !!’

रिजालले अगाडि थप्नुभएको छ, ‘यो त्यही सप्तरी हो– जहा‘ हामीलाई २०७३ फागुन २३ गते अध्यक्ष कमरेड केपी शर्मा ओलीले बोल्दाबोल्दै हामीमाथि आक्रमण गरिएको थियो, ढुंगामुढा गरिएको थियो र हाम्रो सभामाथि गोली प्रहार गरिएको थियो ।
आज त्यही सप्तरीमा हजारौंको संख्यामा मानिस कमरेड केपी ओलीलाई सुन्न उपस्थित भए, हालसम्मकै शानदार सभा भयो ।
विहानीले दिउँसोको संकेत गर्दछ । मंसिर ४ को प्रतीक्षामा छ, मधेश !’