जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार १९:४१

डेंगुबाट ३८ जनाको मृत्यु, २८ हजार १०९ बिरामी


काठमाडौं, १५ असोज । नेपालमा डेंगु रोगबाट सङ्क्रमितबाट ३८ जनाको मृत्यु भएको छ । आजसम्म डेंगु लाग्नेको सङ्ख्या २८ हजार १०९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउन महिना देखि यता ७६ जिल्लाहरूमा फैलिएको डेंगु रोगबाट हालसम्म ३८ जनाको मृत्यु भएको हो ।

संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा मात्र २१ हजार ९७५ जनामा डेंगु पुष्टि भइसकेको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा ३ हजार १२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा वि.सं. २०६१ सालमा पहिलो पटक डेंगु पुष्टि भएको थियो ।