जनता टाइम्स

१६ आश्विन २०७९, आईतवार ११:१५

समानुपातिकमा व्यापक हेरफेरसहित कांग्रेसले बुझायो अन्तिम सूची


काठमाडौं, १६ असोज । कांग्रेसले व्यापक हेरफेर गरेर समानुपातिक सूचीको अन्तिम नामावली बुझाएको छ । रातभर बैठक बसेर बिहानपख टुंगो लगाएको हो । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार कांग्रेसले अन्तिम सूची बुझाएको छ ।

निर्वाचन आयोगले यसअघि बुझाएको सूचीमा त्रुटि संशोधनका लागि आजसम्मको समय दिएको थियो । बन्दसूचीमा भएका नाम फिर्ता लिन चाहनेले भोलिसम्म फिर्ता लिन सक्ने बताइएको छ ।