जनता टाइम्स

१६ आश्विन २०७९, आईतवार १२:२३

मेडिकल काउन्सिलको आवेदन असोज २३ देखि खुल्ने


काठमाडौं, १६ असोज । आगामी मंसिर ९ र १० गते हुन लागेको नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि असोज २३ गतेदेखि अनलाइन आवेदन खुल्ने भएको छ ।

काउन्सिलले शनिबार सूचना जारी गर्दै असोज २३ देखि कार्तिक २१ सम्म नियमित शुल्कमा आवेदन फारम भर्न सकिने जनाएको छ ।

त्यस्तै कार्तिक २२ र २३ गते विलम्ब शुल्कसहित फारम भर्न सकिने र अनलाइन सेवा २४ सै घण्टा खुला रहने पनि काउन्सिलले जनाएको छ । उक्त मंसिरमा हुने परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा कम्प्युटर प्रणालीबाट हुने बताइएको छ ।