जनता टाइम्स

१६ आश्विन २०७९, आईतवार १७:३५

गायक खत्रीले गरे बिवाह, विवाह खर्चको रकम असहायलाई


काठमाडौं, १६ असोज । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आज बडादशैंको फूलपाती दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गर्नुभएको हो ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नविवाहित जोडीले घोषणा गर्नुभएको छ ।