जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार १४:४३

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, आजै शपथ


काठमाडौं, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज नेता भट्टरार्यलाई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त पर्यटनमन्त्री भट्टराईको आज ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

नेकपामा प्रभावशाली नेता भट्टराई सरकारको कामको वकालतकर्तामध्ये अग्रपंक्तिमा पर्नुहुन्छ । सरकारमा सहभागी नहुँदा पनि नेता भट्टराईले निर्वाह गर्नुभएको भुमिकाको आधारमा प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गर्नुभएको हो ।