काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) का नेता तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । भक्तपुर बालकोटमा अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
२०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनको बागी उठेर सांसद जित्नुभएको लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किनुभएको थियो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य लामा, निवर्तमान गाँउपालिका अध्यक्ष बागदल मल्ल, विष्णु लामालगायत हुम्लाका माओवादी नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको हो ।
२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित हुनुभएको लामा जिल्लाका प्रभावशाली र लोकप्रिय नेता मानिनुहुन्छ । यसअघि नै जिल्लाका प्रभावशाली माओवादी नेता छिमी लामाको टिम एमालेमा प्रवेश गरिसकेको छ ।































प्रतिक्रिया दिनुहोस्