जनता टाइम्स

१७ आश्विन २०७९, सोमबार १४:१२

अब चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा


काठमाडौं, १७ असोज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभामा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई सम्बोधन गर्दै डा. भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको हो ।

२०६४, २०७० र २०७४ को निर्वाचनमा विजयी गराएको गोरखाली जनतालाई धन्यवाद दिँदै डा. भट्टराईले यो पटक निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको हो । उहाँले चुनाव नलड्नु भनेको राजनीति छाड्नु नभएको उल्लेख गर्दै आजीवन राजनीतिमै रहेर जनताको सेवा गर्ने पनि बताउनुभयो ।