जनता टाइम्स

१८ आश्विन २०७९, मंगलवार १३:११

गठबन्धनमा सिट बाँडफाटको अझै लागेन टुंगो, फेरि ३ बजे बैठक बस्ने


काठमाडौं, १८ असोज । सत्तारुढ गठबन्धनको सिट बाँडफाँडको टुंगो अझै लागेको छैन । सिट संख्यामा लगभग सहमति भए पनि क्षेत्र बाँडफाँडमा अझै सहमति हुन नसकेको हो । यही सहमति गर्न फेरि आज ३ वजे बालुवाटारमा बैठक बस्ने भएको छ ।

झन्डै दुई महिना देखी जारी प्रयासले आज अन्तिम लिने बताइए पनि कुन क्षेमा को लड्ने ? भन्ने विवाद अझै सुल्झन सकेको छैन ।

गठबन्धनको मुख्य सहयोगी जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको केही दिनमा नै बसिरहेको बैठकले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पार्टीको नाम टुंगो लगाउने बुझिएको छ ।

हालसम्म नेपाली कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४४, नेकपा एकीकृत समाजवादीले १५, ,जनता समाजवादी पार्टीले १३ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने गरी छलफल भइरहेको नेताहरुले बताएका छन । यसै सेरोफेरोमा आज सहमति गराउन सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।