जनता टाइम्स

१८ आश्विन २०७९, मंगलवार १६:०७

विरक्तीय प्रचण्ड ! राजनीति छाडेर बृन्दावन जाने इच्छा व्यक्त


काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट विरक्त लागेर विश्राम लिन लागेको बताउनुभएको छ । आफूलाई उमेरको कारण पनि राजनीतिबाट विश्राम लिएर बृन्दावन गएर बस्ने इच्छा लागेको कुरा उहाँले बताउनुएको हो ।

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले उमेरका ककारण विश्राम लिनु पर्ने बेला भएको तर परिस्थितिका नपाएको बताउनु भएको हो । प्रचण्डले कार्यकर्ता माझ विरक्तीय गुनासो सुनाउनुको कारण उमेर भएको बताउनु भए पनि वास्तविक कारण भनेको एकप्रकारको धम्की भएको राजनीतिका जानकार बताउँछन् ।

पार्टी भित्र गुट–उपगुट स्ंस्थागत भएको प्रचण्डले सोही कारण पनि आफ्र विश्राम लिन मन लागेको स्वीकार गर्नु भएको थियो । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्दै सुरु भएको उहाँको मन्तव्य केपी ओली १४ वर्ष जेल बसेकाले पार्टीमा कुनै योगदान नदिएको बताएर सकिएको थियो ।