जनता टाइम्स

१८ आश्विन २०७९, मंगलवार १८:३९

सिरहामा जसपा सिनित्तै, एमाले प्रवेश गर्ने तयारी


सिरहा, १८ असोज । जनता समाजवादी पार्टी (जसपा) सिरहाका केन्द्रदेखि वडा तहसम्मका नेताकार्यकर्ताले राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रिय परिषद् सदस्य रामचलित्र साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताहरुले सोमबार चोहर्वामा एक कार्यक्रम गरी पार्टीबाट सामुहिक राजिनामा दिएका हुन् ।

पार्टीको मुल नेतृत्व नै बिधि विधान अनुसार नगएर जसपालाई प्राइभेट लिमिटेड बनाएकाले सामुहिक राजिनामा दिनु परेको जसपा नेपालका केन्द्रीय परिषद सदस्य रामचलित्र साहले बताउनुभयो । उहाँले भन्नुभयो ‘ जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिनेगरेकोले आफुहरु बाध्य भएर राजिनामा गर्नुपरेको हो।’

उहाँले भन्नुभयो, ‘जसपा पार्टी तानाशाही पार्टी भएकाले हामीलगायत हजारौको संख्यामा जिल्ला भरिका १७ वटै स्थानिय तहका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका हुन् ।’ सामुहिक राजिनामा गरिएका जसपा नेपालका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने तयारी गरेको स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा क्षेत्र न–३ (क) बाट प्रदेश सभा सदस्य र ,दोस्रोपटकको स्थानीय तह निर्वाचनमा नगर प्रमुखको प्रत्याशी रहनु भएको थियो ।