जनता टाइम्स

१८ आश्विन २०७९, मंगलवार १८:४५

सम्पूर्ण नेपालीलाई दशैंको अध्यक्ष ओलीले दिनुभयो शुभकामना, इच्छुकलाई झापामा टीका लगाइदिने


दमक, १८ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वडादशैं २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, आमाबुबा तथा सम्पूर्ण महानुभावहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले दशैंको टीका झापामा लगाइदिनुहुने भएको छ । विजया दशमीको अवसरमा अध्यक्ष ओलीले भोली बिहान ९ बजेदेखि १० बजेसम्म गृहजिल्ला झापा दमक–९, शान्तिमार्ग निजी निवासमा परिवार तथा आफन्त र इच्छुक महानुभावहरुलाई टिका लगाइदिने कार्यक्रम रहेको छ ।