जनता टाइम्स

१९ आश्विन २०७९, बुधबार ०९:१४

दुई महिना देखि जारी छलफल अझै असफल, सिट टुंगो नलागेपछि आज पनि बस्दै सत्ता गठबन्धन बैठक


काठमाडौं, १९ असोज । सिट बाँडफाँटको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो । सिट बाँडफाँटका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच घनिभूत छलफल भइरहेको छ । केही क्षेत्रमा दोहोरो दाबी भएकाले सहमति जुटाउन जटिल भइरहेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आज दिउँसो पनि गठबन्धनको बैठक बस्दैछ ।आजको बैठकले संघ र प्रदेश दुबैमा निचोड आउला । नेताहरु व्यवस्थापनमा केही समस्या भने कांग्रेसलगायत सबै पार्टीमा अप्mठ्यारो छ भने धेरै कुरा व्यवस्थापन पनि हुँदैछ । केही जिल्लाका केही ठाउँमा भने कुरो मिलिसकेको छ त्यसैले अब धेरै समय पनि छैन, चाँडै टुंगिन्छ ।’