जनता टाइम्स

२० आश्विन २०७९, बिहीबार १०:१०

खराब मौसमका कारण काठमाडौँ आउनुपर्ने विमान जनकपुरमा अवतरण


काठमाडौं, २० असोज । भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरको विमान जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौँ आउन नसकेपछि जनकपुरमा अवतरण गरेको हो ।

बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो ।

बुद्ध एअरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो । हवाई सुरक्षाका नयाँ नियम अनुसार इनरूट (बाटोमा पर्ने रुट) मा खराबी भए पनि विमान उडाउन पाइँदैन ।