जनता टाइम्स

२० आश्विन २०७९, बिहीबार १९:२७

सत्तारुढ गठबन्धनमा फुट, उपेन्द्र यादव बालकोट पुगे


काठमाडौं, २० असोज । बिहीबार बिहानैदेखि सिट बाँडफँडमा सहमतिमा पुग्न सत्तारुढ गठबन्धनको प्रधानमन्त्री निवास बालकोटमा बैठक बसिरहेको छ । सोही बैठकको बीचैमा सत्ता साझेदार रहेको एक घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नु भएको छ ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले जसपालाई १६ सिटभन्दा बढी नदिने भएपछि यादव असन्तुष्ट हुनु भएको बताइएको छ । उहाँले भित्रभित्रै एमाले अध्यक्ष ओलीसँग पनि वार्ता गरिरहनु भएको खबर बाहिरिएको थियो । तर, आव (बिहीबार) उहाँ गठबन्धनको बैठक छाडेर बालकोट पुग्नु भएको हो । जसपा र एमालेबीच आजै सिट बाँडफाँडको सहमति हुनसक्ने बताइएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी र एमालेबीच तालमेल नहुने भएपछि यादवले एमालेसंग निकटता बढाउनु भएको बताइन्छ । श्रोतका अनुसार एमाले प्रतिनिधिसभा प्रतक्ष्यतर्फको २५ सिट जसपालाई दिन तयार रहेको श्रोतले बताएको छ । एमाले र जसपाबीच चुनावी तालमेलको सहमति बनेमा दुई वर्षदेखिको सत्ता गठबन्धन औचारिकरूपमै फुट हुनेछ ।