जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार ०७:५१

चन्द्रागिरिको ध्यान केन्द्रमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु


काठमाडौं, २१ असोज । काठमाडौंको चन्द्रागिरिमा ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका( २ मसिनेमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनको डेढ वर्षकी छोरीको मृत्यु भएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले बताउनुभयो ।

उहाँले भन्नुभयो , ‘राति १२ बजे पहिरो खसेको रहेछ । अहिलेसम्म तीन जनाको शव भेटिसकेको छ । अरु पनि छ कि भनेर खोजी हुँदैछ ।’