जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार ०९:२६

जसपा र एमालेबीच तालमेल पक्का, आजै हस्ताक्षर हुने


काठमाडौं, २१ असोज । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले) बीच चुनावी तालमेल हुने भएको छ । नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) ले जसपालाई १६ सिटमा सीमित गर्न खोजेपछि एमालेसँग तालमेल हुने भएको हो ।

दिउसो बालुवाटार बैठकबाट रिसाएर बाहिरिनु भएका जसपा अध्यक्ष उपेन्द्र यादव सिधैं एमाले अध्यक्ष निवास बालकोट पुग्नु भएको थियो । राति अबेरसम्म रघुविर महासेठको निवासमा वार्ता गरेका दुवै दलका नेताहरू लगभग निष्कर्षमा पुग्नु भएको बताइएको छ ।

एमालेले जसपालाई २२ सिटमा सघाउने भएको श्रोतले बताएको छ । जसपासंग सिट संख्यामा सहमति भए पनि केही क्षेत्रमा दोहोरो दावी रहेकाले आज शिर्ष नेताबीच छलफल भएर टुग्याइने बताइएको छ । आजै दुवै दलको नेताले सहमतिमा हस्ताक्षर गर्ने बताइएको छ ।