जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार १७:१८

एमालेले दोलखामा टुंग्यायो प्रत्यक्षतर्फको टिकट, यी हुन् उम्मेद्वार


काठमाडौं, २१ असोज । नेकपा एमालेले दोलखा जिल्लाको प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाएको छ । नेकपा एमालेको प्रदेश कमिटिमा रहनुभएको बालकृष्ण सिवाकोटी प्रतिनिधिसभाको उम्मेद्वार बन्नुहुने भएको छ ।

त्यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) बाट नेकपा एमाले दोलखा जिल्लाका अध्यक्ष नरबहादुर श्रेष्ठ एमालेको उम्मेद्वार बन्नुहुने भएको छ । प्रदेश निर्वाचन क्षेत्र (ख) बाट नेकपा एमाले प्रदेश कमिटिका भरत केसी सूर्यध्वजावाहक उम्मेवार बन्नुहुने भएको छ ।