जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार ०७:१४

प्रधानमन्त्री कार्यालयले नै नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईलाई नचिनेपछि…


काठमाडौं, साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीका सदस्य योगेश भट्टराईलाई बुधवार दिउसो दुई बजे संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीका रुपमा नियुक्त गर्नुभयो । प्रधानमन्त्री ओलीको यो निर्णयलगत्तै मुख्य सल्लाहकार बिष्णु रिमालले दिउसो ४ बजे पद तथा गोपनीयताको शपथ भन्दै नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीज्यूलाई बधाइ भन्दै निर्णय सार्वजनिक गर्नुभयो ।

राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त मन्त्री भट्टराईले पद तथा गोपनीयताको शपथ लिई सिंहदरवारस्थित मन्त्रालयमा आएर पदभार ग्रहण गरी आफ्नो काम थालिसक्नुभएको छ । तर प्रधानमन्त्री कार्यालयले भने अझै पर्यटनमन्त्रीका रुपमा योगेश भट्टराईलाई चिनेको छैन । आज बिहान ७ बजेसम्म प्रधानमन्त्री कार्यालयको वेभसाइडमा प्रधानमन्त्री ओली नै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको समेत जिम्मेवारीमा रहेको सूचना राखिएको छ । बुधवार दिउसो मन्त्री नियुक्त भई चार बजे नै शपथ लिएपनि प्रधानमन्त्री कार्यालयले आफ्नो वेभसाइडलाई अपडेट नगर्दा गलत सूचना बाहिर गएको हो ।

अहिले पनि प्रधानमन्त्री कार्यालयको वेभसाइडमा भट्टराई मन्त्री भएको कुनै सूचना छैन । प्रधानमन्त्री कार्यालयमा रहेर काम नगर्ने, वरिपरी घुम्नेहरुको कार्यशैलीको शिकार भने प्रधानमन्त्री हुनुपरेको छ । अहिलेसम्म वेभसाइड हेर्नेहरुले उहाँलाई नै पर्यटनमन्त्रीका रुपमा समेत लिइरहेका छन ।