जनता टाइम्स

२२ आश्विन २०७९, शनिबार ०७:४९

निर्वाचन क्षेत्र छाड्दै हिड्नेमा प्रचण्डको किर्तिमान, गोरखा –२ बाट लड्ने


काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार साँझ अबरेसम्म बसेको पदाधिकारी बैठकले चितवन ३ मा जित निकाल्न गाह्रो पर्ने आँकलन गर्दै गोरखा –२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२०६४ सालमा रोल्पा–२ र काठमाडौं–१० वाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौं–१० वाट पराजित हुदाँ सिरहा–५ वाट बिजयी हुनुभएको थियो भने २०७४ मा चितवन–३ वाट विजयी प्रचण्ड २०७९ को निर्वाचनमा भने गोरखा–२ वाट उम्मेदवार हुन लाग्नु भएको हो ।

बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आउनुभएको गोरखा–२ वाट उहाँ निर्वाचन नलडने घोषणा गर्नु भए लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो । माओवादी अध्यक्ष प्रचण्डले चारवटा निर्वाचनमा प्रत्येक पटक निर्वाचन क्षेत्र फेरेर नयाँ रेकर्ड बनाउनु भएको छ ।