काठमाडौं, २२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोली मध्यान्ह १२ बजे झापा क्षेत्र नं ५ मा उम्मेद्वारी दर्ता गर्नुहुने भएको छ । अध्यक्ष ओलीको उम्मेद्वारी दर्ताका लागि प्रस्तावक र समर्थकहरु समेत तोकिएको छ । संघीय संसदका लागि अध्यक्ष ओलीको उम्मेद्वार प्रतिनिधी केन्द्रीय सदस्य रोमनाथ ओलीलाई तोकिएको छ । यसैगरी प्रस्तावकहरुमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाललाई तोकिएको छ । यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दिपक कार्कीलाई तोकिएको छ ।
निर्वाचन परिचालन कमिटीको बैठकले प्रदेश (क) का उम्मेद्वार हिक्मत कार्कीको प्रतिनिधीको रुपमा प्रदेश कमिटी सदस्य अमरदास शिवाकोटी र (ख) मा उम्मेद्वार होमबहादुर थापाको प्रतिनिधी सदस्य नन्दीकेशर अधिकारीलाई तोक्ने निर्णय गरेको छ । यसैगरी कार्कीको प्रस्तावकमा जिल्ला पार्टी सचिव शिव ढुंगेल र कमल गाउँकमिटी अध्यक्ष प्रेमबहादुर पोखरेललाई तोकेको छ । यस्तै समर्थकमा क्षेत्र नं ५ का संयोजक तुलसी कार्कीलाई तोकेको छ ।
होमबहादुर थापाको प्रस्तावकमा दमक नगर अध्यक्ष गेहनाथ पोखरेल र पूर्व अध्यक्ष बोधप्रसाद घिमिरेलाई तोकेको छ । समर्थकमा प्रदेश सदस्यहरु वेणु
शिवाकोटी र नारायण प्रसाद गौतमलाई तोक्ने निर्णय गरेको छ । उम्मेद्वारका प्रस्तावक र समर्थकले नागरिकता, निर्वाचन आयोगले प्रमाणित गरेको मतदाता नामावाली पेश गर्नुपर्ने छ । अध्यक्ष ओलीको उम्मेद्वारी दर्ता दमक नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यलयमा दिउँसो साढे १२ बजे हुने एमालेले जनाएको छ । उम्मेद्वारी दर्ताका लागि नागरिकता,आयोगले प्रमाणित गरेको मतदाता नामावली र सम्पती विवरण भरेको फारम आवश्यक पर्दछ ।
हेर्नुहोस् उम्मेदवारी दर्ताको कार्यक्रम















प्रतिक्रिया दिनुहोस्