जनता टाइम्स

२२ आश्विन २०७९, शनिबार ११:५३

प्रचण्ड उम्मेदवारी दर्ता गर्न बाबुराम भट्टराईसँग गोरखा जाँदै


काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली उम्मेदवारी दर्ताका लागि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगै गोरखा जानुहुने भएको छ । अध्यक्ष प्रचण्डले गोरखा क्षेत्र नम्बर–२ मा उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ । बाबुरामको क्षेत्र रहेको गोरखा–२ मा यसपटक प्रचण्ड उठ्ने हुनुभएको हो ।

यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएपनि अन्तिम समयमा प्रचण्डले चितवन–३ छाडेर गोरखा–२ बाट लड्ने निर्णय गर्नुभएको हो । बाबुरामको सचिवालयका एक सदस्यले भोलि उम्मेदवारी दर्ता गर्न प्रचण्ड र बाबुरामसँगै गोरखा जाने जानकारी दिनुभयो ।