मोरङ, २३ असोज । राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । आज आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गर्नुभएको हो । आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताउनुभएको उहाँले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभयो । थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाउनुभएको छ ।
उम्मेदवारी दर्तापछि रेखा थापाले फेसबुकमा लेख्नुभएको छ :
मेरो राजनितीक यात्रा समयको माग हो, आज मोरङका जनताको सेवाका लागी, विगत ३० बर्ष देखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीका लागी गरेको काम हेर्दा, समाजले एउटा नेतृत्व वाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो । अव पनि हामी नबोले, आमीले आवाज नउठाए कस्ले उठाउछ ?
देश बनाउन् कसम खाएका नेताहरुले देश त परै जावस आफ्नो समाजको लागी सम्म पनि उत्तरदायी बन्न् किन सकेनन ? किन हामी मोरङवासी सधै देशको, राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परिेका छौ त ? यस्तै तमाम समस्याले गर्दा मैले , मोर– क्षेत्र ३ बाटै यूवा विद्रोहको रुपमा उमेद्वारी दिएकी छु ।
रंगमन्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो अब नेपाली समाजको, मोरबासीको, आमाहरु अनि छोरीहरुका लागी विशेष योजनासहित विशेष काम गर्नेछु । यसपटक पैसाले भोटकिन्ने प्रथाको अन्त्य हुनेछ । यसपटक जनतालाई झुट कोलेर संसद बन्ने प्रथाको अन्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरुसहित तपाईको विचमा आफुलाई उभ्याउने छु ।
यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदशन गर्नेछ, मोरङबासी राजनीतिक दाश होइनन, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन, भनेर गतिलो जवाफ दिनेछन भन्ने विश्वासका साथ संसदिय इतिहाँसमा मोरङले परिर्वतनका लागी विद्रोह गदैछ, त्यो चेतनसिल विद्रोहमा मा सम्पुर्णआमा वुवा दाजुभाई दिदिबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधै उच्च सम्मान गर्ने छु । मोरङबासीको जित सुनिश्चित छ ।














प्रतिक्रिया दिनुहोस्