धनगढी, असोज २३ । पदका लागि आफ्नो नेताको साथ छाडनु भएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको हरिबिजोग भएको छ ।
एमाले सचिव लेखराज भट्टले मुख्यमन्त्रीसम्म पुर्याउनु भएपनि नेकपा बिभाजन हुँदा उहाँ लेखराज छाडेर अन्तै लाग्नुभएको थियो । लेखराजको साथ छाडेर मुख्यमन्त्रीका रुपमा आफ्नो अपारदर्सी शासन चलाउनु भएका भट्टको आगामी निर्वाचनका लागि टिकट नै खोसिएको छ ।
मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट माग्नुभएको थियो । तर डोटीमा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले टिकट पाएपद्धि प्रदेश ताक्नुभएको थियो ।
मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरे पनि डोटी प्रदेशसभा ‘ख’ मा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाउनु भएको छ । आफ्नै पिएले टिकट लगेपछि भट्ट हेरेको हेरै पर्नुभएको हो ।
डोटी प्रदेश सभा ‘क’ नेपाली कांग्रेसले भागमा परेको छ । डोटीमा प्रतिनिधिसभा सदस्यको टिकट एकीकृत समाजवादीले पाएपछि डोटीमै रहेका नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्दैछन् ।













प्रतिक्रिया दिनुहोस्