काठमाडौं,२३ असोज । नेपापा (एस) काठमाडौं –५ मा पनि जिल्लिएको छ । एसको भागमा परेको काठमाडौं – ५ प्रदेश सभा (ख) मा उसलेभन्दा अगाडी कांग्रेसको टिकटबाट उम्मेदवारी परेपछि एकीकृत समाजवादी जिल्लिएको हो ।
एकीकृत समावादीले ५ को (ख) प्रदेश सभा सिट पाउने भएपछि सोही पार्टीका बालकृष्ण श्रेष्ठ र दीपक केसीबीच विावाद भएको थियो । अन्त्यमा केन्द्रले हस्तक्षेप गरेर बालकृष्ण श्रेष्ठको नाम फाइनल भएको थियो । तर, सो स्थानमा श्रेष्ठभन्दा अघि काँग्रेसको आधिकारिक टिकटकासाथ श्यामकृष्ण खडकाले मनोनयन दर्ता गराएपछि एकीकृत समाजवादी जिल्लिएको हो ।
अब त्यसको बदलास्वरुप आफ्नो भागमा नपरे पनि एकीकृत समाजवादीले काठमाडौं –६ को (क)मा उम्मेदवारी दिने भएको छ । सो क्षेत्रमा एकीकृत समाजवादीले अर्जुनलाल प्रधानलाई उम्मेदवार बनाउने भएको छ ।













प्रतिक्रिया दिनुहोस्