बुटवल, असोज २३ । रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललेउम्मेदवारी दर्ता गराउनु भएको छ ।
बुटवल उपमहानगरपालिकाको नगर कार्यपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्तासहितपुगेर पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
पौडेलको उम्मेदवारी दर्ता गराउन एमाले कार्यकर्तासंगै राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयको नेतृत्वमा राप्रपा नेता–कार्यकर्ताहरु पनिपुग्नुभएको थियो ।
रुपन्देही–२ मा एमालेबाट प्रदेशसभातर्फ भोजप्रसाद श्रेष्ठ र लीला गिरीले उम्मेदवारी दर्ता गराउनु भएको छ । पौडेलले यस अघिका ३वटा चुनाव लगातार जित्दै आएको यो क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले टिकट पाउनु भएको छ । यो क्षेत्रबिष्णु पौडेलको गढ हो ।
रुपन्देही– २ मा बुटवल उपमहानगरपालिकाका १देखि १३, तिलोत्तमा नगरपालिकाका १देखि ६ र सैनामैना नगरपालिकाका १देखि ४नम्बर वडा पर्छन् । यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्