काठमाडौं, असोज २३ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनु भएको छ ।
एमालेको तर्फबाट सो निर्वाचन क्षेत्रको प्रदेश सदस्यका लागि दीपक निरौला र नारायण सिलवालले मनोनयन दर्ता गराउनु भएको छ । २०७४ को निर्वाचनमा पनि पोखरेल काठमाडौं ५ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । पोखरेल २०५६ सालमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
२०१० सालमा ओखलढुंगामा जन्मिनु भएका पोखरेल २०२४ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । पोखरेलले उम्मेद्वारी दर्तापछि आफ्नो बिजयमा कुनै शंका नरहेको बताउनु भयो ।
यसैबीच, काठमाडौं ५ बाटै प्रतिनिधिसभा सदस्यका लागि नेत्री रन्जु दर्शनाले मनोनयन दर्ता गराउनु भएको छ भने कांग्रेसबाट प्रदीप पौडेलले उम्मेदवारी दिनुभएको छ । तत्कालीन विवेकशील साझा पार्टीबाट २०७४ को निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयरमा पराजित रन्जु हाल स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिनुभएको हो ।














प्रतिक्रिया दिनुहोस्