जनता टाइम्स

२४ आश्विन २०७९, सोमबार १३:००

प्रपोज गर्दा प्रेमीले गरे यस्तो हर्कत, हजारौंको अगाडि गर्लफ्रेन्डले हानिन् थप्पड


एजेन्सी, २४ असोज । बेसबल खेलका क्रममा विवाहको प्रस्ताव राख्ने एक प्रेमीलाई उनकी प्रेमिकाले थप्पड हानेका छन् । प्रेमीको व्यवहारबाट रिसाएकी प्रेमिकाले हजारौंको भीड अगाडि थप्पड हानेकी हुन् ।

वास्तवमा केटी प्रेमीको प्रस्तावबाट रिसाएकी थिइनन्, उनको औंठी देखेर रिस उठ्यो । अक्टोबर २ मा क्यानडाको रोजर्स सेन्टर स्टेडियममा बास्केटबल खेल चलिरहेको थियो । यहाँ आएका फ्यानहरुले अविस्मरणीय खेलको अपेक्षा गरेका थिए । उनीहरुले रंगशालामा विवाहको प्रस्तावको अपेक्षा गरेका थिएनन् ।

न्यूयोर्कका अलेक्जेन्डर कोर्डा आफ्नी प्रेमिकासँग खेल हेर्न आएका थिए । यहाँ उसले आफ्नो सिटमा जानु अघि आफ्नी प्रेमिकालाई रोक्न खोजे। अलेक्ज्याण्डरले त्यही आफ्नो घुँडा टेके, उनकी प्रेमिकाले सोचिन की उनले बिबाहका लागि सोध्न खाजेका होलान् ।

 

 

उनी स्तब्ध भइन् र उत्साहमा आफ्नो मुखमा हात राखिन्। यस अवसरमा दर्शकले पनि खेल छाडेर प्रेमी युगललाई हेर्न थाले र घटना रेकर्ड गर्न थाले । यति मात्र होइन, खेलका लागि रंगशालामा जडान गरिएका क्यामेराले पनि यो घटनालाई ठूलो पर्दामा देखाउन थालेका थिए ।

हिराको औंठीको सट्टा लालीपप देखियो
दर्शकले यो खेलको बीचमा रोमान्टिक पल हुन लागेको महसुस गरे । अलेक्ज्याण्डरले आफ्नो जीन्सको बायाँ खल्तीबाट एउटा औंठी बक्स निकाले ।अलेक्ज्याण्डरकी प्रेमिकाले सोचे कि औंठी बक्समा हीराले जडित औंठी हुनेछ। तर जब अलेक्जेन्डरले बाकस खोले, सबै छक्क परे। त्यहाँ कुनै औंठी थिएन, तर यो बच्चाहरूको टफी थियो । यो एक ललीपप थियो, जो एक औंठी जस्तै थियो। बच्चाहरूले यसलाई औंलामा राखेर खाने गर्छन् ।

प्रेमिकाले थप्पड हानिन्
अलेक्ज्याण्डरले ललीपप निकाल्ने बित्तिकै उनको प्रेमिकाले बुभिलन कि उसले मजाक गरिरहेको छ। औठीको सट्टा टफी देखेर उनको पारा आकाशमा पुग्यो । केटीले प्रेमीलाई ‘डर्टीं’ भन्दै थप्पड हानेकी थिइन् ।

यो सबै देखेर दर्शक पनि डराए । यो घटनाको भिडियो टिकटकमा आएपछि धेरै अड्कलबाजी भएको थियो । यो सबै जानाजानी चर्चा कमाउनका लागि गरिएको भनेर । योसँगै युवतीले लगाएको बिकिनी टपका सीईओ उनका प्रेमी अलेक्ज्याण्डर हुन् र यो सबै प्रमोशनका लागि गरिएको बताइएको छ ।