एजेन्सी, २५ असोज । केरलाको त्रिरुवल्लामा एक अन्धविश्वासी डाक्टर र उनकी श्रीमतीले दुई महिलाको घाँटी काटेर हत्या गरेका छन् । त्यसपछि दुवै शवलाई टुक्रा पारेर गाडेको थिए । यसो गर्नाले आफ्नो घरमा धन र वैभव आउने विश्वास थियो । उनलाई यो काममा तस्करले पनि सहयोग गरेका थिए । घटना सेप्टेम्बर २७ को हो । प्रहरीले आरोपित तीनै जनालाई मंगलबार पक्राउ गरेको छ ।
त्रिरुवल्ला निवासी भागवत लामो समयदेखि आर्थिक अभावसँग संघर्ष गर्दै आएका थिए । उनकी श्रीमती लीलाले पेरुम्बावुरमा बस्ने शिहाबलाई सम्पर्क गरिन् । उनले भने– मानव बलि दिएर मात्र भगवान प्रसन्न हुन्छन् । उनले दुई महिलालाई बलि दिन आग्रह गरे। उनले महिलालाई बलिको व्यवस्थासमेत गरिदिने बताए ।
प्रलोभनमा परेका महिलाहरु
लीलाले फेसबुकमार्फत शिहाबलाई सम्पर्क गरिन् । शिहाबले पैसा र कामको प्रलोभनमा कालादी र कादवन्तराका दुई महिलालाई त्रिरुवल्ला ल्याए । यहाँबाट चिकित्सकले दम्पती र सिहाब दुवैलाई पथनमथिट्टाको एलानथुर लिएर गएका थिए ।
यहाँ तन्त्र– मन्त्र गरेर यज्ञ गरियो र ती दुई महिलाको बलि दिइयो । दुवै महिलाको एलान्थुरमै दाहसंस्कार गरिएको थियो ।
महिलाको मोबाइल लोकेशनबाट खुल्यो रहस्य
प्रहरी आयुक्त सीएच नागराजुले भने–कदवन्तराबाट ल्याइएकी महिलाको परिवारले बेपत्ता भएको जाहेरी दिएका थिए । उनको मोबाइलको लोकेशन खोज्दै प्रहरी त्रिरुवल्ला पुग्यो । त्यहाँको सीसीटीभी फुटेज जाँच गरेपछि ती महिला डाक्टरसँग सम्पर्कमा रहेको पत्ता लाग्यो । प्रहरीले हिरासतमा रहेका डाक्टर दम्पतीलाई सोधपुछ गर्दा उनीहरुले सम्पूर्ण रहस्य खुलाएका थिए ।
प्रतिक्रिया दिनुहोस्