जनता टाइम्स

२५ आश्विन २०७९, मंगलवार १९:४५

भक्तपुरका लागि महेश बस्नेत जिताउनै पर्छ भन्दै एमाले भित्रिए कांग्रेस र नेकपा एसका यी चर्चित हस्ती


भक्तपुर, असोज २५ । भक्तपुरको बिकासका लागि युवा नेता महेश बस्नेत जिताउनै पर्छ भन्दै नेपाली कांग्रेसका चर्चित हस्तीहरु नेकपा एमाले प्रवेश गर्नुभएको छ । आज बस्नेतको साथमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी ती नेताहरु एमाले प्रवेश गर्नुभएको हो ।

चर्चित नेताहरु एमालेमागएसँगै संघीय तथा प्रदेश निर्वाचनको संघारमा भक्तपुर कांग्रेसलाई झट्का लागेको छ । आज बालकोटमा आयोजित एक कार्यक्रमका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीको हातबाट माला र पूर्वमन्त्री नेता बस्नेतको हातबाट टिका लगाई नेपाली कांग्रेस र नेकपा एसका नेताकार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय निर्माण व्यवसायी समन्वय विभाग सदस्य रामशरण देउजा, पूर्वराप्रपा जिल्ला सदस्य दिपक राना मगर, कांग्रेस २०४९ सालको सिपाडोल गाविसका उपाध्यक्ष दामोदर भट्टराई, २०७४/०७९ मा नेका दलित सदस्यबाट उठ्नु भएकी नानु नेपाली, नेकपा एसबाट पुरानो घर फर्किनु भएका अर्जुन बस्नेत, उद्धव चौलागाई लगायत २५ जना अगुवा नेता एमालेमा प्रवेश गर्नुभएको हो ।

पार्टी प्रवेश गर्दै उहाँहरुले नेपालको राष्ट्रियताको नेतृतत्वकर्ता पार्टी भनेकै एमालेमात्र रहेको उल्लेख गर्दै भक्तपुरमा एमालेको नेतृत्वमा नेता बस्नेतले विकास र समृद्धिमा खेल्नुभएको भूमि ऐतिहासिक भएकाले अबका दिनमा नेता बस्नेतको मिसन, भिजन र दृढतालाई सफल बनाउन जस्तोसुकै परिस्थितीको सामाना गर्दै एमालेमा गोलबन्द भएको उल्लेख गर्नुभयो ।

नवप्रवेशीलाई अध्यक्ष ओलीले खादा लगाएर र नेता बस्नेतले टिका लगाएर पार्टीमा स्वागत गर्नुका साथै राजनीतिक जीवनमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । पार्टीले नवप्रवेशीलाई योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष तथा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, एमाले भक्तपुर क्षे नं २ ‘क’ का प्रदेश सभाका उम्मेदवार किरण थापालगायतको उपस्थिती रहेको थियो ।

एमाले प्रवेशपछि यस्तो छ देउजाको प्रतिक्रिया

नयाँ यात्राको थालनी सम्बन्धमा :

मेरा आदरणीय शुभेच्छुक र शुभचिन्तक ज्युहरुले मेरो नयाँ यात्राको सम्बन्धमा केहि जिज्ञासा् केही दुबिधा राखिरहनु भएको बुझिएकोले कुनै सन्देह र शंका नराख्न हुन हार्दिकता पुर्बक अनुरोध गर्दछु । अरु कसैको अधोगतिमा ताली बजाउदै आफ्नो उभोगति हुन्छ भन्ने सोच र काम म बाट कहिल्यै भएको छैन र हुदैन पनि । र म यी सबै केबल हल्लाकै लागि मात्र पनि गरिरहेको भनिरहेको छैन । म आफु पुर्बाधार क्षेत्रमा ३ दशक भन्दा बढी समय ब्यतित गरेको पुर्बाधार छेत्रको एक बिध्यार्थी भएको र ने क पा एमालेकाे बर्तमान नेतृत्व र समग्र पार्टी तह नै पुर्बाधार बिकासका सम्बन्धमा स्पष्ट देखेको पाएको भोगेकोले र यो पार्टीको निर्माण उद्योग प्रती स्पष्ट सकारात्मक दृष्टिकोण रहेकोले पुर्बाधार बिकासको एक सहयात्रीको रुपमा म आफू पनि स्पष्ट भएर नै यो यात्रा आरम्भ गरेको हुँ । यो यात्राका सहयात्रीहरु सहित गन्तव्य सम्म पुग्ने पुराउने कार्यका लागि एक सहायकको भुमिका खेल्दै आफ्नो कर्तव्य पुर्णतः ईमानदारिता पुर्बक निर्वाह गर्न भने कतई पछाडि पर्ने छैन। बिगतको यात्रामा सदभाब राख्नु हुने र सहयोग गर्नु हुने सबै प्रती पुनः एकपटक हार्दिक धन्यवाद । नयाँ यात्राका सहयात्री सबै कमरेडहरुमा नमन, अभिबादन र सहकार्यका लागि हार्दिक आव्हान