जनता टाइम्स

२६ आश्विन २०७९, बुधबार १९:४१

एमालेको चार स्थानमा उम्मेदवारी फिर्ता, कहाँ–कहाँ कोसंग गरियो तालमेल ?


काठमाडौं, २६ असोज । नेकपा( एमाले) ले तीन प्रतिनिधि सभा र एक प्रदेश सभाको उम्मेदवारी फिर्ता लिएको छ । अन्तिम समयमा तालमेलका लागि यी क्षेत्र खाली गरिएको हो । एमालेले काँग्रेसका विद्रोही, राप्रपा, काँग्रेस(बिपी) र जनता प्रगतिशिल पार्टीसंग तालमेलका लागि ती क्षेत्रको उम्मेदवारी लिइएको हो ।

एमालेले काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध चुनाव लडेका काँग्रेस (बिपी) का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ भने हृदयेश त्रिपाठीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ । त्रिपाठी काँग्रेसका अर्वपति व्यापारी विनोद चौधरीविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

त्यसैगरी चितवन क्षेत्रनम्वर तीनमा कांग्रेसकै वागी (शेखर–गगन समूह) का दिनेश कोइरालालाई समर्थन गरिएको एमालेले जनाएको छ । यो समूहले एमालेलाई चितवनकै १ र २ मा सभाउने सहमति भएको छ । धादिङमा भने प्रदेशसभामा राप्रपाका डम्बर घलेलाई समर्थन जनाएको छ । राप्रपाले धादिङका प्रतिनिधि सभाका सबै एमाले उम्मेदवारलाई सभाउने सहमति छ ।