महोत्तरी, २७ असोज । नेकपा (एस) ले पाएको भनिएको महोत्तरीको दुई वटा प्रदेश सभा सिटमा नै गठबन्धनले धोका दिएको छ । महोत्तरी क्षेत्र नम्वर – १ (क) र २ (क) दुवै स्थानमा गठबन्धनका अन्य दलले पनि उम्मेदवारी दिएकाले एकीकृत समाजवादीलाई धोका भएको हो ।
महोत्तरी –१ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सत्ता गठबन्धनबाट माओबादीको भागमा परेको छ । योे क्षेत्रमा माओवादीले निवर्तमान साँसद् गिरिराजमणि पोखरेललाई उम्मेदवार बनाएको छ । यही क्षेत्रमा प्रतिनिधि सभाकै लागि काँग्रेस पृष्ठभूमिकै पोषण थापा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । प्रदेश सभामा १ (क)मा एकीकृत समाजवादीको भागमा परे पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पिताम्बर महतोले उम्मेदवारी दिनु भएको छ भने माओवादीका राजन ढुंगानाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीले भने यो प्रदेश सभामा सिटमा सुरेश राउतलाई उम्मेदवार बनाएको छ ।
क्षेत्र नम्वर –२ (क) प्रदेशसभाको सिटमा पनि विवाद उत्पन्न भएकाले नेकपा (एस) महोत्तरीमा संकटमा परेको छ । २ (क) मा एकीकृत समाजवादीले निवर्तमान प्रदेश सदस्य मञ्जु यादवलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा लोसपाले जयनुल राइनलाई उम्मेदवारी दिनुभएको छ । दुवैले आफू नै गठबन्धनको आधिकारिक उम्मेदवार दावी गरिरहनु भएको छ । यसले नेकपा (एस) महोत्तरीमा निल हुने खतरा बढेको छ ।













प्रतिक्रिया दिनुहोस्