जनता टाइम्स

२७ आश्विन २०७९, बिहीबार १८:५३

बिजय गच्छद्धार-प्रभु साह र गगनसहित ९ जनाको उम्मेदवारी खारेज गर्न सर्वाेच्चमा रिट


काठमाडौं, असोज २७ । आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले आज ९ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वाेच्चमा रिट दर्ता गर्नुभएको हो ।

बालुवाटार प्रकरणमा अदालतबाट धरौटीमा छुटेका कांग्रेस नेता विजयकुमार गच्छादारसहित ९ जनाको उम्मेदवारी खारेज गर्न रिटमा माग गरिएको छ । यसरी खारेजीको माग गरिएकाहरुमा प्रभु साह, गोविन्दराज जोशी, सरिता गिरी, विक्रम पाण्डे, टेक बहादुर गुरुङ, लक्ष्मी महतो, युद्ध विक्रम तामाङ र रेवतराज पुरी अर्थात (गगन) रहनुभएको छ । उहाँहरु सवै उम्मेदवार हुन कानूनत अयोग्य रहेको टिमा जिकिर गरिएको छ ।

रिटमा भनिएको छ, ‘प्रस्तुत विषयमा तत्काल अन्तरिम आदेश जारी नगरेको अवस्थामा विपक्षीहरुले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको उम्मेदवार बनि निर्वाचनमा भाग लिन पाउने भएकोले देश र जनताको भावना तथा भविष्यमाथि शक्ति सन्तुलनको रोहमा हुने अपुरणीय क्षतिलाई न्युनिकरण गर्नको लागि विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश समेत जारी गरीपाऊँ ।’