काठमाडौं, असोज २८ । धोबिखोलाको छेउमा एक अचेत शारिर लडिरहेको थियो । बा.७.६ प १३९ नम्बरको स्कुटर अर्कोतर्फ लडिरहेको थियो । मान्छेहरूको ओहोरदोहोर भैरहे पनि त्यो घाइते शरीरतर्फ कसैको नजर गएको थिएन।
संयोगबस त्यसैबेला नेकपा एमालेका नेता तथा काठमाडौं ३ बाट प्रदेशसभा ‘ख’ का उम्मेदवार रामेश्वर फुयालको गाडी त्यही बाटो भएर सरस्वती नगर हुँदै आफ्नो निर्वाचन जोरपाटीतिर जाँदै थियो । फुयालले त्यो दृष्य देख्नुभयो । अचानक गाडी रोकियो र माननीय रामेश्वर फुयाल गाडिबाट हतारहतार गर्दै सडक छेउमा पल्टिएकी महिलाको नजिक पुग्नुभयो ।
त्यो मान्छेको भिडमा एक खड्का थरकी महिलाको सहयोग लिएर उक्त घाइते महिलाको उद्धारका लागि प्रहरीलाई सम्पर्क गर्दै ओम हस्पिटलतर्फ लाग्नुभयो । मिला बस्नेत नाम गरेकी उक्त महिलालाई इमर्जेन्सीमा भर्ना गरिसकेपछि उहाँका श्रीमानलाई सम्पर्क गरी घाइतेलाई परिवारको जिम्मा लगाउनु भयो ।
‘म शुत्र टेलिभिजनमा अन्तर्वार्ता दिएर पार्टीको कार्यक्रममा जाँदै थिए । बाटोको छेउमा रगताम्मे भएको महिलाको अवस्था देख्दा उनलाई छोडेर जान मन लागेन । मानवताको नाताले उनको जिम्मा आफैले लिन मन लाग्यो । एक मान्छेको ज्यान भन्दा ठूलो मेरो पार्टीको कार्यक्रम होइन भन्ने लाग्यो र उहाँलाई हस्पिटलसम्म सहयोग गर्न पाउदा मलाई आफूले गरेको कामप्रती खुसी लागेको छ, फुयालले भन्नुभयो, यो मेरो जीवनमा दोस्रो पटक घटेको घटना हो । पहिला पनि म संविधानसभाको सदस्य हुँदा २०७२ सालमा यस्तै घटना घटेको थियो ।’
यसरी एउटा एक मानवीयताले भरिपूर्ण मान्छेको हातबाट मिला बस्नेतको ज्यान जोगिन पुग्यो । अहिले बस्नेत हस्पिटलबाट डिस्चार्ज भइसक्नु भएको छ । उहाँको उद्धार गर्ने फुयालको प्रशंसा गर्दै घाइतेका श्रीमान राजन बस्नेतले भन्नुभयो, ‘मेरो श्रीमतीको ज्यान बचाउन भगवान बनेर आउनुभएको नेता फुयाललाई म जिन्दगीभर भुल्ने छैन । यस्तै नेता हो हामीलाई चाहिएको उहाँलाई हृदयदेखि नै धन्यवाद !’

काठमाडौँ क्षेत्र नम्बर ४ स्थित कालोपुल क्षेत्रमा बाटो बिग्रेकोले उक्त घटना भएको घाइतेका श्रीमानको भनाइ छ । जुन क्षेत्रबाट यसअघि गगन थापा निर्वाचित हुनुभएको थियो । यहाँको बाटो मर्मत नहुदा एस्ता थुप्रै घटना हुने गरेको स्थानीयको भनाइ छ । पानीपर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सडकहरूको मर्मत हुन नसक्दा सर्वसाधारण कष्ट भोक्दै आएका छन् । खाल्डाखुल्डीले कुरुप बनाएका राजधानीका कयौं सडकहरूको कारण बर्सेनी दर्जनौं मानिसको ज्यान जाने गरेको र सयौं मानिसहरू घाइते हुन परेको बाध्यता छ ।













प्रतिक्रिया दिनुहोस्